२०७८ फाल्गुन ३०, सोमबार १६:०९

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.११ ओदारीमा भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ गम्भिर घाईते विधार्थीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सोमबार विहान बुटवलमा मृत्यु भएको हो । यही फागुन २७ गते दिउँसो करिब २ बजे भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ कक्षा ११ मा अध्ययनरत १८ बर्षीया सम्झना यादव गम्भिर घाईते भएकी थिईन् ।

ट्रकको ठक्करबाट घाइते यादवलाई टाउकोमा चोट लागेपछि उपचारको लागि बुटवल पठाइएको थियो । सो घटनापछि स्थानिय तथा विद्यार्थीले सडक मा उत्रिएर   ज्यानको सुरक्षा प्रत्याभूमि दिलाउन माग गर्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय