२०७९ भाद्र १८, शनिबार १०:२०

कपिलवस्तु —
कांग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता आशिष शर्माले संघीय निर्वाचन क्षेत्र २ बाट संघीय सांसदको उम्मेदवार हुन निवेदनसहित दाबी पेस गरेका छन् । ३७ वर्षे उनले संघीय क्षेत्र नं. २ का क्षेत्रीय समितिलाई उक्त पदमा दाबी रहेको भन्दै निवेदन दर्ता गरेका छन् । उनी पूर्वमन्त्री तथा राजदूत दीपकुमार उपाध्यायका छोरा हुन् । उपाध्यायको नाम पनि संघीय सांसदका लागि चर्चा परिचर्चा भइरहेका बेला छोराले पनि उम्मेदवार हुने चाहना राखेका हुन् ।

समक्ष युवा नेतृत्वको पहिचान र प्रोत्साहनको आवश्यकता रहेकाले सांसदको इच्छुक उम्मेदवारको सूचीमा आफ्नो पनि नाम समावेश गरेर पठाउन आग्रह गरेको उनले बताए । कांग्रेसमा आस्था राख्ने हजारौं युवा र १८–४० वर्ष उमेरका ७० प्रतिशत मतदाताको प्रतिनिधित्व गर्नपनि अहिले युवा उम्मेदावरको खाँचो रहेको उनले बताए । निजात्मक स्वार्थ र संकुचित निर्णयले पार्टीलाई अपूरणीय क्षतिको सम्भावना देखिएकाले सुधार आवश्यक औंल्याउँदै पत्र लेखेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय