२०७९ भाद्र २३, बिहीबार २१:४६

अर्घाखाँची २३ भदौ । नेकपा (माओवादी केन्द्र) अर्घाखाँचीले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सचिवहरु चन्द्रपाणी खनाल र डिलाराम आचार्यलाई उम्मेदवार सिफारिस गरेको छ । खनाल र आचार्यसँगै जाकिर हुसेनको नाम पनि सिफारिस भएको छ ।अर्घाखाँची ढाकावाङ जन्मिएका खनाल कपिलवस्तुबाट राजनीति गर्दै आएका छन् । अर्घाखाचीवाट सिफारिस हुनुलाई कपिलवस्तु वलदेवले छाड्ने संकेतका रुपमा हेरिएको छ । यदपी बलदेवले अहिले सम्म त्यस्तो नसोचेको वताएका छन् ।कपिलवस्तु निर्वाचन क्षेत्र १ बाट पनि संघीय सांसदका लागि उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधिसभा समानुपातिकमा जिल्ला इन्चार्ज सुशीला श्रीपाली सिफारिस भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय