कपिलवस्तु,
कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट हुने निर्यात ६५ प्रतिशतले वृद्धि भएको छ । कार्यालयका अनुसार भन्सार कार्यालयको निर्यात हालसम्मको सबैभन्दा उच्च रहेको बताइएको छ । आर्थिक वर्ष ९आव० ०७८र०७९ मा प्लाइउड, रोजिन र काठले बनेका सामग्रीको निर्यात बढेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ५ अर्ब ४३ करोड ४४ लाख ३७ हजार रूपियाँ राजस्व असुली गरिएको थियो । गत वर्ष भन्दा १६ करोड ३८ लाख ८१ हजार बढी राजस्व असुली भएको छ । सो भन्सार नाकाबाट सबैभन्दा धेरै निर्यात हुनेमा प्लाइउड र रोजिन रहेको छ । गत आव मा २६ करोड २३ लाख ५४ हजारको रोजिन निर्यात भएको थियो । अघिल्लो भन्दा ८ करोड ५३ लाख ५९ हजारले बढेको छ ।
यसैगरी, गत आवमा १४ करोड ८० लाख ४५ हजारको प्लाइउड निर्यात भएको थियो । यसैगरी ५ करोड ६२ लाखको टर्पेन्टाइन तेल, ३ करोड ६६ लाखको सुगन्ध कोकिला तेल भारततर्फ निर्यात गरिएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्धन पौडेलले बताउनुभयो ।