२०७९ आश्विन १, शनिबार १०:०१

काठमाडौं : काठमाडौं महानगरपालिकाले आज (असोज १ गते) देखि सार्वजनिक स्थलमा धुमपान निषेध गरेको छ । महानगरपालिकाले सूचना जारी गरेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न निषेध गर्ने जनाएको छ । यसको लागि महानगरले सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । यसको विपरीत जानेलाई कारबाही हुने महानगरको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय