कपिलवस्तु ३ असोज
कपिलवस्तुका वास्तविक कृषक सरकारी अनुदानबाट बंचित रहदै आएको गुनासो गरिएको छ । कृषि ज्ञान केन्दले तौलिहवामा राखेको चालु आर्थिक बर्ष २०७९÷०८० मा संचालन हुने कार्यक्रमहरुको सार्वजनिकीरण तथा गत बर्षको समिक्षा कार्यक्रममा सुद्धोदन गाउपालिकाका अध्यक्ष कमलेशरण शरण चौधरीले सो गुनासो राखेको हुन ।सुद्धोदन गाउपालिकामा आफनो सय हेक्टर बढी क्षेत्रको माछा पोखरी रहेको र त्यहा अनुदानकालागि प्रदेशको कृषि मन्त्रालयबाट टिम आएका उनले बताए । उनीहरु कै सुझाव अनुसार बिभिन्न कागजा र प्रकृया पुरा गरी आवबेदन दिए पनि कुनै अनदान पाउन नसकेको उनले बताए । कार्यक्रममा पुर्व मन्त्री तथा लुम्बिनी प्रदेशका निबर्तमान प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तवले पहुचवाला भन्दा वास्तविक कृषकले अनुदान पाउनु पर्ने बताए । उनले पालिका वडा, कृषि ज्ञान केन्द्र प्रदेश र संघले एक आपसमा समन्वय गरी कार्यक्रम अघि लानु पर्ने बताए ।
कृषि ज्ञान केन्द्रका प्रमुख रबिन्द्र चाबैले गत बर्ष अन्तिममा बजेट आएको र बिबिध कारणले गत बर्ष आधा जति बजेट फ्रिज भएको बताए । गत आर्थिक बर्ष ४१ लाख ४३ हजार बिनियोजित भएकोमा ६ करोड २९ लाख २३ हजार रुपैया मात्र खर्च हुन सकेको बताए । गत बर्ष ६ करोड बढी रकम फ्रिज भएको थियो । चालु आर्थिक बर्ष ६ करोड ९३ लाख १८ हजार रकम बिनियोपजत भएको छ । प्रमुख चौबेले चालु आर्थिक बर्ष आधा बजेट घटेर आएकोले समस्या भएको बताए । उनले गत बर्ष र चालु आर्थिक बर्षको कार्यक्रम र बजेट बारे प्रस्तुत गरेका थिए । सो अवसरमा पुर्व मन्त्री तथा निबर्तमान सांसद बृजेश कुमार गुप्ताले गत बर्ष १३ करोड बिनियोजित भए पनि आधा बढी रकम फ्रिज हुनु दुःखदायी कुरा भएको बताए ।
दोहारोपन हटाउन पालिका र अन्य निकायसंग समन्वय गर्र्न जरुरी रहेको उनले बताए । बुद्धुभुमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठले ज्ञान केन्द्रले पालिकाहरुसंग कुनै समन्वय नगर्दा यस्तो अवस्था आएको बताए । उनले आगामी दिनमा ज्ञान केन्द्रले पालिकाहरुसंग समन्वय र सहकार्य नर्ग आग्रह गरे । सो अवसरमा बुद्धुभुमी नगरपालिका कृषि शाखाका प्रमुख देबीराम बेल्बासेले अनुदान लिने कृषकलाई झन्झटीलो प्रकृयाले गाहूो परेको बताए । ज्ञान केन्द्रका प्रमुख चौबेका अध्यक्षता र कृषि अर्थ बिज्ञ शिवपुजन गुप्ताको संचालनमा भएको कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्र अर्याल, जिल्ला समन्वय समितिका उप प्रमुख रमेश कुर्माी, यशोधरा गाउपालिका अध्यक्ष शिवदयाल तिवारी प्रजिअ धर्मेन्द्र कुमार मिश्र लगायतको सहभागीता थियो । जिल्लाका ८२ प्रतिशत जनता कृषिमा आधारित रहेका छन ।
२०७९ आश्विन ३, सोमबार ११:३५
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech