२०७९ आश्विन ७, शुक्रबार १३:३३

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो ।

संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा ९१५ दिनभित्र० प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् ।

राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट दायर गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय