काठमाण्डौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।
आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस ९एक्यान० ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उहाँले आउँदो मङ्सिर ४ गते हुने चुनावमा आफूलाई भोट हालेर युवाको समस्या समाधानमा सहयोग गर्न आग्रह गर्नुभएको हो । उहाँले अब योजना र भिजन भएका युवा राजनीतिमा आउनुपर्ने बताउनुभयो ।
चौधरीले देशको दिगो विकास अगाडि बढाउनका लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताउनुभयो । युवाले खोजेको रोजगारी र नेपाल बनाउनका लागि प्रत्यक्ष चुनावमा उठेको उहाँको भनाइ छ । चौधरीले सबै चार्टर्ड एकाउन्टेन्टसहरूलाई भेटेर भोट माग्ने आकाङ्क्षा रहे पनि स्म्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गर्नुभयो ।
चौधरीले आफूले चार्टड अकाउन्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउन्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताउनुभयो । उहाँले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको उल्लेख गर्नुभयो ।
चौधरीले आफूलाई धन सम्पत्तिको कुनै खाँचो नरहेको तर आफू जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहोर्याउनुभयो । नेपालमा बहुमतको सरकार आए पनि विकासको नाममा कुनै सिन्को नभाँचेको उहाँले गुनासो गर्नुभयो । उहाँले नेपालमा धेरै राजनीतिक परिवर्तन भए पनि देशको अवस्था नबदलिएको बताउनुभयो ।
२०७९ आश्विन २८, शुक्रबार १४:३३
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech