नेकपा माओवादी केन्द्र० का लोकप्रिय नेता सोमनाथ अर्यालले पार्टी परित्याग गरेका छन् । माओवादीको बाणगङ्गा भित्र राम्रो जनमत भएका अर्यालले माओवादी त्याग्दै एमाले रोजेका हुन् ।
आइतबार एक कार्यक्रमका बीच अर्याल एमालेमा औपचारिक रुपमा प्रवेश गरेका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा बाणगङ्गा नगरपालिका वडा नम्बर ११ को वडाध्यक्ष जितेका अर्याल गत बैशाख ३० को निर्वाचनमा वडा अध्यक्षमा पराजित भएका थिए ।
पार्टी कमजोर रहदा पनि वडामा राम्रो जनमत बनाएका अर्यालले एकाएक माओवादी परित्याग गरे पछि सत्तारुढ गठबन्धनलाई धक्का लागेको छ ।
प्रतिनिधि सभा १ मा माओवादीका चक्रपाणी खनाल ९बलदेव० उम्मेदवार बनेका छन् ।