नारायण पाण्डे
कपिलवस्तु,
नेकपा (एमाले) क्षेत्र नं. १ का उम्मेद्वारहरुले मतदाताहरुसंग प्रत्यक्ष विकास निर्माणका सवाल बारे बुझ्न थालेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचन अन्तर्गत एमाले कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारी, प्रदेश सभा (क) का उम्मेद्वार बिष्णु पन्थी र (ख) का उम्मेद्वार मधुसुधन शरण चौधरीले जनताका गाउँवस्तीमा गर्नुपर्ने विकास निर्माणका कामको योजना सहित मतदातासंग भेटघाट गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अधिकारी, प्रदेश सांसदका उम्मेद्वार बिष्णु पन्थीले बाणगंगा नगरपालिका वडा नं. १ का उप्टहवा, डांडाकुडां, वैरिया, शान्ति श्रीनगर टोल, बठनपुरा, निवुवा लगायत विभिन्न ठाउँका मतदातासंग भेटघाट तथा कार्यकतासंग अन्तरक्रिया गर्नुभएको हो । प्रतिनिधि सभा सांसदका उम्मेद्वार अधिकारीले जनताका माग र आवश्यकतालाई क्रमशः बजेटको व्यवस्था गरि पुरा गर्दै जाने बताउनुभयो ।
त्यस्तै प्रदेश सांसदका उम्मेद्वार पन्थीले बाट आयु मेडिकल सम्म बाटो स्तरोन्नति तथा कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गर्दै एमालेको नेतृत्वमा एमालेको प्रदेश सरकार हुंदा भएका विकास निर्माणका काम बारे स्पष्ट पार्नुभयो । उहाँले चार नम्बर जितपुर देखि उप्टहवा जाने सडकको स्तरोन्नति, शान्ति श्रीनगरको भित्री बाटो तथा वैरीयाका कल्भर्ट समेत निर्माण, त्यस्तै बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानीमा अत्याधुनिक ल्यावको व्यवस्था, खानेपानी ओभरहेड ट्यांकीको शुरुवात गर्ने काम आफ्नै पहलमा एमाले नेतृत्वको प्रदेश सरकार हुंदा भएको बताउनुभयो । त्यस्तै सिद्धार्थ क्याम्पसमा भौतिक संरचना निर्माण, वाल माविमा कृषि भौंतिक पुर्वाधार र अन्य भित्री सडक खण्ड र पुलपुलेसा निर्माण तथा स्तरोन्नति गरिएको बताउनुभयो ।
त्यस्तै शुद्धोधन गाउँपालिका वडा नं. ३ का विभिन्न लवनी, सुरईना लगायत विभिन्न स्थानमा क्षेत्र नं. १ (ख) प्रदेश सांसदका उम्मेद्वार मधुसुदन शरण चौधरीले मतदातासंग भेटघाट गर्नुभएको छ । भौतिकसंगै सामाजिक रुपान्तरणको क्षेत्रमा विकास गर्ने खाका सहित निर्वाचनमा होमिनुभएका चौधरीले सुर्य चिन्हमा भोट हालि जनताको सेवा गर्ने अवसर प्रदान गर्नेमा आफु ढुक्क रहेको बताउनुभएको छ ।
२०७९ कार्तिक १५, मंगलवार १२:१८
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech