कपिलवस्तु,
आगामी मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले जनताको आवश्यकता आफ्नो प्राथमिकतामा पर्ने बताउनु भयो । बाणगंगा नगरपालिका वडा न. २ मा भएको संयुक्त बाम लोकतान्त्रीक गठबन्धको घरदैलो कार्यक्रममा यस्तो बताउनु भएको हो । उहाँले आफुले बोलेका कुरा पुरा गर्ने र हावा गफ कहिल्यौ नगर्ने बताउनु भयो । यहाँका जनताले पेश गरेका योजना पुरा गर्ने जनाउनु भएको छ ।
त्यस्तै उहाँले चाकरचौडाको बाटोलाई भारत देखी चिन सम्म जोड्ने योजना रहेको भन्दै यसलाई ठुलो व्यापारिक नाकाको रुपमा विकास गर्ने बताउनु भएको छ । त्यस्तै उहँले अघिल्लो आयोगले निस्सा वितरण गरे पनि लालपुर्जा पाउन नसकेकोले त्यो समस्यालाई पनि अब समधान गर्ने बताउनु भएको । चुनावी प्रचार प्रसार अभियान अन्तरगत मतदाताको घरदैलोमा रहनु भएका खनालले जनतामाझ आफ्नो प्रतिवद्धता सहित आफूलाई मत दिएर जिताउन आग्रह गर्नुभएको छ ।
२०७९ कार्तिक २४, बिहीबार ०८:४५
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech