गुल्मी, कात्तिक२६
नेपालको कम्युनिस्ट आन्दोलनमा फरक खालको छवि बनाएका नेता हुनुहुन्छ गोकर्ण विष्ट र रामकुमारी झाँक्री । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा लामो समय सङ्घर्ष गर्दै आउनुभएका विष्ट र नेत्री झाँक्रीको पहिचान युवामाझ लोकप्रिय छ । एमाले पार्टी विभाजनअघि विष्ट र झाँक्री दुवै माधव नेपाल–झलनाथ खनाल खेमामा हुनुहुन्थ्यो । पार्टी विभाजनपछि विष्ट एमालेमै बस्नुभयो । हिजो एउटै पार्टीबाट राजनीतिमा होमिनुभएका विष्ट र झाँक्री अहिले फरक पार्टीबाट मङ्सिर ४ गते हुने प्रतिनिधि सभाका लागि गुल्मी–२ बाट चुनावी मैदानमा उत्रनुभएको छ । यति बेला विष्ट र झाँक्रीको उम्मेदवारीको चर्चा देशभर चुलिएको छ ।
सरकारमा मन्त्री भइसकेका दुवै नेता नेकपा (एमाले) विभाजनसँगै फरक पार्टीको समेत एउटै पदमा हुनुहुन्छ । गृह जिल्लासमेत एउटै भएका विष्ट एमालेका सचिव हुनुहुन्छ भने झाँक्री पनि नेकपा (एकीकृत समाजवादी)को सचिव नै हुनुहुन्छ । दुवै नेतालाई अहिले घरदैलो कार्यक्रम र मतदातासँग मत माग्न भ्याइनभ्याई छ । घरदैलो कार्यक्रममा यी दुवै नेताले अहिले एक–अर्कोलाई कटाक्ष समेत गरिरहनुभएको छ ।
२०७९ कार्तिक २६, शनिबार ०९:२५
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech