२०७९ कार्तिक २६, शनिबार ०९:२०

रेसुङ्गा (गुल्मी), कात्तिक २६।
गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कुल दुई लाख २३ हजार ६१५ मध्ये यहाँ एक लाख १९ हजार २८८ मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिनुभयो ।

क्षेत्र नं १ प्रदेशसभा (क) मा ५७ हजार ५७९ उनासि र प्रदेशसभा (ख) मा ६१ हजार ७०९ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा तीनमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र दुईमा एमाले विजयी भएको थियो । रेसुङ्गाको प्रमुख र उपप्रमुख, गुल्मी दरबारको अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकीको अध्यक्ष र चन्द्रकोटको उपाध्यक्ष कांग्रेसले जितेको थियो ।

छत्रकोटको अध्यक्ष र उपाध्यक्ष, सत्यवतीको अध्यक्ष र उपाध्यक्ष तथा रुरुक्षेत्रको उपाध्यक्षमा एमाले विजयी भएको थियो । रुरु क्षेत्रको अध्यक्ष, चन्द्रकोटको अध्यक्ष र कालीगण्डकीको उपाध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय