नारायण पाण्डे कपिलवस्तु, २६ कार्तिक ।
वाम लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तुको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेका चक्रपाणी खनाल बलदेवले अबको ५ बर्षको सरकार गठबन्ध्नको हुने दावी गर्नु भएको छ । चुनाव प्रचारप्रसारको घरदैले अभियानको लागि शुक्रबार वाणगंगा नगरपालिका वडा नम्बर ८मा भएको सभालाई सम्बोधन गर्ने क्रममा उम्मेदवार बलदेवले अबको सरकार आफूहरुकै बन्ने ठोकुवा गर्नु भयो । संविधानको रक्षा गरेको काँग्रेस माओवादी सहित ५ दलको गठबन्धनले समाज परिवर्तन र विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
वाणगंगामा थुप्रै भूमिहिन सुकुम्बासी समस्या रहेको बताउँदै आफूहरुले बनाएको भूमि आयोगले चुनावपछि लालपुर्जा दिने बाउनु भएको छ । सुकुम्बासी समस्याको समाधान चुनावी मुद्धा मात्र बनाएर नहुने भन्दै उहाँले गठबन्धनको सरकारले स्थायी समाधान गर्ने जिकिर गर्नु भयो ।
वाणगंगा ८ मा रहको मायादेवी रंगशाला अन्र्तराष्ट्रिय स्तरको बनाइने, कृषि उद्यमको विशेष भूमि, वडा नम्बर ८ लाई बनाइने समेत बलदेवको तर्क रहेको छ । शिक्षा, स्वास्थ्य,कृषि रोजगारको वृद्धि र विकासमा पहिलो प्राथमिकता रहेको उहाँको भनाई ।
गठबन्धनबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका डोलकराम घिमिरेले जनताले ससानो कुरामा राज्यको साथ खोजेको बताएका छन् । चुनावको बेला एमाले लगायतका दलका नेताले ठुला ठुला कुरा गरिरहेको आफूले पाएको भन्दै जनतालाई ती भ्रम र आवश्यकता नभएको बताएका हुन् ।
आफू जनताकै घरदैलोमा हुर्केबढेको हुनाले सांसद बनेर आए पछि समाज र जनताको आवश्यकता काम गर्ने बताउदै यसपटक मुलकको आवश्यकता गठबन्धन रहेकाले गठबन्धनको सरकारलाई भोट दिन उनको आग्रह छ । गठबन्भकी समानुपातिकी उम्मेदा देवकला सुवेदी कमालले समाजमा पछाडी परेको वर्ग सँगै महिला बालबालिको क्षेत्रमा आवाज बन्ने बताउनु भयो ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा केन्द्रिय कार्यलयको सचिव डोर प्रसाद उपाध्य, रुद्र बन्जाडे नेकपा माओवादी बैकल्पिक केन्द्रिय सदस्य,माओवादी जिल्ला अध्यक्ष विष्णु बेल्बासे चुनाब प्रचारपसारमा निर्वतमान मेयर मगंल प्रसाद चौधरी, गठबन्धनका चुनाब प्रचार प्रसार नगर संयोजक विष्णु थापा चुनाब प्रचार प्रसारमा गठबन्धनका केन्द,र जिल्ला, नगर, वडा हुदै, टोलका नेता तथा कार्यक्रताको बाक्लो उपस्थिति रहेको थियो ।
मतदाताका यस्ता उत्साहजनक अभिव्यक्तिले लोकतान्त्रीक गठबन्धनको जित हुने निश्चीत भएको गठबन्धन क्षेत्र नम्बर १ चुनाब प्रचारप्रसार संयोजक दुर्गा केसि र नेपाली कांग्रेस जिल्ला सदस्य रविराज आचार्य लगायत बाम लोकतान्त्रीक गठबन्धनले जनाएको छ ।