कपिलवस्तु – कात्तिक ।कपिलवस्तुको निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभाका उमेदवार वलराम अधिकारीले जनताले आफुलाई जिताएमा कपिलवस्तुलाई पुर्वाधार विकासमा अब्बल बनाउने बताउनु भएको छ । निर्वाचनका क्रममा आम नागरिकको घरदैलोमा पुग्दै जनताका कुरा सुन्दै गर्नु भएका अधिकारीले जनभावना अनुसार अगाडि बढेको बताउनु भएको छ । उहाँले वुद्धदर्पण सँगको कुराकानीमा अगाडि भन्नु भयो , जनताले जनजिवीकामा परिवर्तन र विकास खोजेका छन , त्यो पुरा गर्ने संकल्प अगाडि सारेको छु ।
पुर्वाधार विकासका क्रममा जिल्लाको चाकरचौडा पकडी क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने , शिवलवादेखि सोहसासम्मको सडक बिस्तार गर्ने , चाकडचौडा पिपरा सम्मको सडक बिस्तार गर्ने जनाउनु भएको छ । त्यस्तै गरि जीतपुर चारनम्बर बैरिया , पिपरा र बोडगाउँबाट अर्घाखाँचीको सिमलपानी जोड्ने सडक निमार्ण पुरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मायादेवी , शुद्धोधन , वाणगंगा र कपिलवस्तु नगरपालिकाका बौद्ध सम्पदा जोडेर वुद्धपरिक्रमा पथ संघिय स्तरको योजनाबाट अघि बढाइने छ । भलवाड र देउवापार क्षेत्रलाई औद्योगिक ग्रामको रुपमा विकास गर्ने , बनगाई , मोतिपुर , जिनुवा डोहोटे खण्डमा पर्ने कोइली खोलामा पुल निमार्ण र अधुरा सडक पुरा गर्ने जनाइएको छ ।
त्यस्तै गरि कोइली बनगाई , बैदौली , कोपवा , देउवापार , हथौसा , बरवा , सोनपुर , विरपुर हुदै रुपन्देही जिल्ला जोड्ने अधुरा सडक खण्डको विस्तारलाई पुर्णता दिने , गजेहडा तिनकुने देखि गंगौली , राजापानी हुदै बालापुर जोड्ने सडक स्तरउन्नती गरिने छ । बनकट्टी , भेलरहिया , वहादुरपुर , विरपुर , मिलन चोक , नौगइया , भुसडी लबनी सडक बिस्तार गरिने छ । ओदारी देखि भड्डीहवा , प्रगतिनगर , मेचकुरी , पटना , मिलनचोक हुदै लुम्बिनी जाने सडक स्तरउन्नती हुने छ । जनभावना अनुरुप अगाडि बढेको बताउदै नेकपा एमालेका केन्द्रीय सदस्य , कपिलवस्तु इन्चार्ज , संविद्यान सभा सदस्य समेत रहनु भएका उमेद्वार अधिकारीले एक पटक आफुलाई विकासको मोडल बनाउने अवसर प्रदान गर्न समेत सबैमा अनुरोध गर्नु भएको छ ।
पुर्वाधार विकासकै क्रममा सिद्धार्थ क्याम्पस वुङची देखि डुङहवा , सिमलखोर , नगवा हुदै जगदिशपुर सिमसार क्षेत्र जाने बाटो निमार्ण गरिने छ । आफु उमेद्वार बनेको क्षेत्र नं १ अन्तरगत बोडगाउँ देखी मोर्मी , बर्दहवा हुदै डोहोटे जाने सडक स्तरउन्नती र कोइला खोलामा पुल निमार्ण गरिने छ ।
जीतपुर चारनम्बरको कपिलवस्तु सामुदायिक अस्पतालको पश्चिम पट्टीको सडकलाई हरिहरपुर , चङ्खीपुर सिमलखोर हुदै तिलौराकोट सम्म जाड्ने सडक निमार्ण गरिने छ । घेरवा बनगाई देखि मनहरापुर जोडेने सडकखण्डको बाणगंगा नदिमा पुल निमार्ण र सडक स्तरउन्नती गर्ने , अमवा खोलामा पुल निमार्ण गरिने छ । फोहोरलाई औद्योगिक रुपमा प्रशोधनको योजना कार्यान्वयनमा ल्याइने , मायादेवी , शुद्धोधन , वाणगंगा , कपिलवस्तु नगरपालिका गरि ४ वटा व्यायाम पार्क निमार्ण गरिने छ ।
जनतालाई शान्ति सुरक्षा प्रत्याभुत गर्न जीर्ण रहेका सुरक्षा निकायको भौतिक संरचना विकास गरिने लगायतका थुप्रै योजना अगाडि सारिएको छ ।