२०७९ फाल्गुन ५, शुक्रबार ०७:०५

काठमाण्डौ – खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ । उहाँको आईसीयूमा राखेर उपचार भइरहेको छ।

अस्पतालका डा। सुनिल केस्वानीले दिएको जानकारी अनुसार शरीरमा फ्लुडको मात्रा दोब्बर गर्ने काम भइरहेको छ । उहाँका अनुसार भण्डारीको बिहान साढे १० बजे पहिलो शल्यक्रिया र दिउँसो साढे १ बजे दोस्रो शल्यक्रिया गर्ने तयारी छ ।

भण्डारीको मुटुको चाल सामान्य रहेको र आत्तिनु नपर्ने अस्पतालले जानकारी दिएको छ । हिजो श्री एअरलाइन्सको चार्टर्ड उडानमार्फत् भेन्टीलेटरमा राखेर भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो । कीर्तिपुर अस्पतालले भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको जनाएको छ ।

ग्यास लिक भएपछिको आगलागीमा घाइते भएकी सांसद भण्डारीकी आमा हरिकलाको भने उपचारका क्रममा हिजो निधन भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय