२०८० बैशाख १, शुक्रबार ०७:०४

सरकारको बेरुजु बढेर ४ खर्ब ८४ अर्ब पुगेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७९ को प्रतिवेदनअनुसार फर्स्यौट गर्न बाँकी बेरुजु ४ खर्व ८३ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ रहेको छ।

यो वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति तथा अन्य संस्थासमेतको ७५ खर्ब १७ अर्ब ९५ करोडको लेखापरीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनबाट १ खर्ब २७ अर्ब १९ करोड ४० लाख बेरुजु देखिएको छ।

प्रतिवेदन अवधिसम्म १२ अर्ब १३ करोड ९० लाख रुपैयाँ सम्परीक्षण गराएबाट १ खर्ब १५ अर्ब ५ करोड ५१ लाख बेरुजु फर्स्यौट हुन बाँकी छ।

‘यो वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति तथा अन्य संस्थासमेतको रू। ७५ खर्ब १७ अर्ब ९५ करोडको लेखापरीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनबाट रू। १ खर्ब २७ अर्ब १९ करोड ४० लाख बेरुजु देखिएको छ। सोमध्ये प्रतिवेदन अवधिसम्म रू।१२ अर्ब १३ करोड ९० लाख ९कुल बेरुजुको ९।५४ प्रतिशत० सम्परीक्षण गराएबाट रू। १ खर्ब १५ अर्ब ५ करोड ५१ लाख बेरुजु फस्यौंट हुन बाँकी रहेको छ। यो वर्षसम्म फर्स्यौट गर्न बाँकी कूल बेरुजु रू। ४ खर्ब ८३ अर्ब ५९ करोड ६५ लाख छ,’ प्रतिवेदनमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय