बर्दिया — ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ०७९ साल चैतदेखि ०८० वैशाख १२ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डीएसपी हिक्मत बहादुर बोहोरा बताए ।पक्राउ पर्ने ती व्यक्तिको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन । बालिकाकी आमा वैदेशिक रोजगारको शिलशिलामा विदेश भएको समयमा उक्त घटना भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
बाबुले छोरीलाई घटना सार्वजनिक नगर्न दबाब दिँदै आएको पनि प्रहरीले जनाएको छ । पछिल्लो पटक बालिकाले बाध्य भई प्रहरीलाई जानकारी गराएपछि बाबुलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो ।यसबीचमा प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण पनि गराएको छ । पक्राउ परेका ती व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।