भैरहवा । सीमावर्ती भारतीय गाउँमा शंकास्पद रुपमा नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका वडा नम्बर २ बस्ने २६ बर्षिय रवि कुमार यादव रहेका छन् । यादव हात बाधिएको र शरीरमा चोट पटक लागेको अवस्थामा भेटिएका थिए ।
स्थानियहरुका अनुसार रविको मानसिक अवस्था ठिक थिएन । अति विपन्न अवश्थाका यादव घर नजिकैको सीमा क्षेत्रमा आउजाउ गरि रहन्थे । सोही क्रममा उनि भारत महाराजगञ्ज जिल्लाको भगवानपुर बजार पु्गेका थिए ।
एक जना स्थानियको घरमा पसेपछि भारतीयहरुले यादवको हाथ बाधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका वडा नम्बर ७ का राजन यादवले बताउ । “मृतकको आमा पनि पछि पछि गएकी थिईन, मेरो छोराको मानसिक अवश्था ठिक छैन भन्दा भन्दै पनि उनिहरुले कुट्न छोडेनन् ।” मृतकको आमाको भनाई उद्दृत गर्दै यादवले भने “भारतीयहरुको कुटपिटबाट उपचारको क्रममा उनको मृत्यु भयो ।”
मृतक यादवको भारतीय प्रहरीले नै पोष्टमार्टम गरेको छ । रुपन्देही प्रहरी प्रमुख भरत बहादुर बिश्वकर्माले घटना जानकारीमा आएको र यस बारे थप अनुसन्धान भई रहेको बताए ।
२०८० बैशाख २८, बिहीबार ०७:१४
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech