तानसेन – पाल्पाको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा अबैध युरिया मल बरामद गरेको छ । भारतबाट लुकीछिपी पाल्पाको रामपुरमा ल्याएको अबैध युरिया मल प्रहरीले बरामद गरेको हो । प्रहरीले रामपुर र हुँगीबाट ४४ हजार ६९० केजी युरिया मल बरामद गरेको जनाएको छ ।रामपुरको एक घरमा लुकाएर राखेको २९ हजार केजी युरिया मल र कालीगण्डकी कोरिडोर सडकखण्डमा ट्रकमा ल्याइएको झण्डै १७ हजार केजी मल प्रहरीले बरामद गरेको हो । शनिबार बिहान ३८१ बोरा मल बरामद गरेको प्रहरीले बेलुकी पुन ६५० बोरा मल बरामद गरेको जनाएको छ ।
सुराकीको आधारमा रामपुर नगरपालिका–५, बेझाडस्थित स्थानीय विजय श्रेष्ठको घरमा ६५० बोरा मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । बरामद गरिएको मलको बोरा बाहिर प्रधानमन्त्री भारतीय जनउर्बरता परियोजना भारत लेखिएको प्रहरीले जनाएको छ ।पछिल्लो समय रामपुर क्षेत्रमा अबैध मलको कारोबार बढेको अनुमान गरिएको छ । यसअघि त्यस क्षेत्रमै सरकारले दिएको अनुदानको मल नीजि एग्रोभेटलाई बिक्री गरिएको थियो ।
२०८० जेष्ठ २९, सोमबार ०६:५८
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech