२०८० असार १९, मंगलवार २०:५७


कपिलवस्तु असार १९ गते ।
बुद्धभुमि नगरपालिकामा भएका गलत अभ्यासलाई सुधार गर्न एमालेले नगरप्रमुख केशव कुमार श्रेष्ठलाई ज्ञापन पत्र पेस गरिएको छ । एमाले बुद्धभुमि नगर कमिटिले मंगलबार नगरप्रमुख श्रेष्ठलाई पालिकामा सुशासन, सदाचार, पारदर्शिता कायम राख्न आग्रह गरेको छ । ज्ञापन पत्र पेस गर्दै एमाले बुद्धभूमि नगर अध्यक्ष ध्रुव प्रसाद न्यौपानेले पालिकाले कार्यकर्ता पोस्ने काम पुन गरेका आन्दोलन गर्ने चेतावनी समेत दिनु भएको थियो ।


पालिकाले कुनै कमजोरी गरेको भए त्यसको सुधार गरिने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले बताउनु भयो । ज्ञापन पत्रका नगरपालिकाले
कृषि उपकरण बितरण गर्दा किसान भन्दा मेयर निकटका कार्यकर्ता टाठाबाठा सुकिलामुकिलाको हातमा पुगेको जनाइएको छ । कोन्द्रे तथा अगैया लगाएतका नदिनालाको संरक्षण गर्नु पर्नेमा मापदण्ड बिपरित र तोकिएको परिमाण भन्दा बढी नदी दोहन हुदा नगरपालिकाबाट कुनै निगरानी नभएको र मुकदर्शक बनेको उल्लेख गरिएको छ । योजनाको उपभोक्ता समिति गठन गर्दा आफु अनुकुल राख्ने र कमसल र गुणस्तरहिन काम हुँदा पालिका गैर जिम्मेवार भएको एमाले बुद्धभूमि नगर इन्चार्ज देवि बेल्वासेले बताउनु भयो ।


चुनावको समयमा भुमिहिन जनतालाई हस्ताक्षर विनाको अस्थायि निस्सा दिने तर त्यस पछि हाल सम्म प्रक्रिया अगाडि नबढाएको प्रति गम्भिर आपत्ती प्रकट गरेका छन् । मिलेमतोमा ठेक्का दिएको वडा नं.४ स्थित बुड्ढी दिउरी तालको ठेक्का तत्काल बदर गरी पुन  राष्ट्रिय दैनिक तथा लुम्बिनी प्रदेश स्तरका पत्र पत्रिकाबाट व्यापक प्रचार प्रसार गरी स्थानिय

किसानलाई सिचाई सुनिश्चता हुने गरी ठेक्का प्रक्रिया मार्फत ठेक्का दिन आग्रह गरिएको छ ।
जनताको आधारभुत आवश्यकता पूरा गर्न सुरक्षित आवास कार्यक्रममा प्रदेश र नगरको लगानीबाट खरिद गरि बितरण हुने जस्तापाता र हेण्डपाइपमा समेत आफ्ना नेता, कार्यकर्ताको सिफारिसमा पार्टी समर्थित कार्यक्रतालाई मात्रै छानिछानी बितरण गर्ने गरेको नगरप्रमखलाई आरोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय