२०८० श्रावण ७, आईतवार १३:५२

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन नेपाल आउनुभएको छ । श्रीलंका भ्रमणमा रहेका पोलिटब्यूरो सदस्य च्युन चीन दिने नेपाल भ्रमणको लागि विहान काठमाडौँ आइपुग्नुभएको हो । गएको पुसमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि चीनबाट भएको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो । युआन सीपीसीका २४ जना केन्द्रिय पोलिटब्यूरो सदस्य मध्ये एक सदस्य हुनुहुन्छ । ७ जनाको स्थायी कमिटीपछि दोस्रो तहको शक्तिशाली तहको रुपमा केन्द्रिय पोलिटब्यूरोलाई लिइन्छ । तर प्रचण्ड हिजो नै इटली गएको हुनाले च्युनले उहाँसँग भेटवार्ता गर्न पाउनुहुनेछैन ।

यो भ्रमणमा च्युनले सरकारी र राजनीतिक पार्टीका शीर्ष नेतासँग भेट्ने सम्भावना छ । भेटवार्ताको विषयमा लिएर नेपालमा रहेको चिनियाँ दुतावास, परराष्ट्र मन्त्रालय र राजनीतिक दलहरु बीच गृहकार्य भइरहेको छ । यसै अवसरमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका टुंगो लगाउने सम्भावना पनि रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड केही समय अघि नै चीन जान चाहेपनि चिनिँया राष्ट्रपतिको व्ययस्तताका कारण सम्भव भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय