परासी -पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीमा प्रहरी र विद्यार्थीबीच झडप हुँदा ३० जना घाइते भएका छन् । झडपमा ७ प्रहरी र २३ जना विद्यार्थी घाइते भएका हुन् ।बेलाटारी माध्यमिक विद्यालय र त्रिभुवन क्याम्पसबीच भवनको विवादका कारण विद्यार्थी तोडफोडमा उत्रिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी भोजराज पाण्डेले बताए ।
स्थिति नियन्त्रणमा लिन ५ राउन्ड अश्रु ग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।विद्यार्थीले भने प्रहरीले एक्कासी लाठी प्रहार गरेर शान्तिपूर्ण रुपमा गरिएको विरोधको कार्यक्रम दबाउन खोज्दा झडप भएको आरोप लगाएका छन् । झडपमा घाइते भएकाहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।