२०८० श्रावण २७, शनिबार ०७:००

कपिलवस्तु -नक्कली साधु बनेर ठगी गर्दै हिँड्ने एक गिरोहलाई कपिलवस्तुबाट पक्राउ गरिएको छ । कपिलवस्तु नगरपालिका अन्तर्गत वडा नम्बर ११ बाट ३ जना साधुलाई अस्थायी प्रहरी पोष्ट जहदीले शुक्रबार विहान नियन्त्रणमा लिएको हो ।नक्कली भेष धारण गरेर धर्मको नाममा ठगीधन्दा चलाएको स्थानीयको भनाईको आधारमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनीहरुको साथबाट भारत सरकारले प्रदान गरेको आधार कार्ड पनि भेटिएको छ । स्थानीय पुजारी जित बहादुर कुर्मीका अनुसार ती साधु साधु नभएर नक्कली गेरु वस्त्र धारण गरेको ठग रहेका छन् ।

गाउँगाउँमा पसेर धर्मको नाममा बिभिन्न डर सिर्जना गरी १०, १५, २० हजारका दरले गठ गर्ने, फुकफाक गरी तपाईको सम्पत्ति २ गुणा बनाइदिन्छु लगायतका भ्रम छरेर गठी गरेको सुनिएको कुर्मी बताउँछन् । यता प्रहरीले अनुसन्धान भइरहेको भन्दै ठगी गरेको पाइए कानुन अनुसार कारबाही हुने बताउँछ । प्रहरी नीरिक्षक कोशिसबाबु जोशीले गाउँलेसंग फुकफाक गरेर ठग गरेको प्रारम्भिक जानकारी आएको बताए । उनीहरु स्थायी नभएर घुमन्ते साधु भएको जोशीको भनाई छ । नक्कली रहेर ठगी नै गरेको प्रमाणित भए कारबाही गर्ने उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय