२०८० भाद्र २, शनिबार १२:५२

काठमाडौं । निजी प्राविधिक शिक्षालय महासंघ नेपालले न्यायोचित मागलाई सम्बोधन नगरिए आफ्नो लगानी, प्रतिष्ठा र न्यायको लागि कडा भन्दा कडा आन्दोलनको कदम चाल्ने र सो बाट सृजित हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकायले नै लिन चेतावनी दिएको छ ।

प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ९सिटिइभिटी० बाट मिति २०८० भाद्र १ गते प्रकाशित सूचना प्रति निजी प्राविधिक शिक्षालय महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सिटिइभिटी बाट नै कानुन अनुसार सम्पुर्ण प्रक्रीया पुगि स्तरोन्नति पूरा गरेका भनेर मिति २०८० श्रावण ५ गते भर्नाको लागि सूचना निकाली प्रवेश परिक्षा फारम समेत भर्न लगाइएको अवस्थामा ती सम्पुर्ण सस्थाहरुले विद्यार्थी फारम समेत भरेर प्रवेश पत्र समेत विद्यार्थीहरुलाई बितरण गरिसकेको अवस्थामा परिक्षाको अन्तिम क्षणमा सम्पुर्ण विद्यार्थी, अभिभावक एवं शिक्षण सस्थाहरुको प्रतिस्ठामा समेत आच आउने गरि समग्र विद्यार्थी, अभिभावक एवं सास्थाहरु माथी खेलबाड गरि ठुलो अन्याय गरेको यस महासंघका अध्यक्ष अरुण कुमार पाण्डे र महासचिव भुवन चक्र जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

महासंघले पटक९पटक सिटिइभिटी, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय तथा सम्पुर्ण सम्बन्धित निकायमा समस्याको समाधान सहित ध्यानाकर्षण गराइएको हुदाहुदै त्यस्को बाबजुद यस्ता किसिमको अब्यबहारिक, अन्यायपुर्ण, आपत्तिजनक सुचना निकालेर यस्तो गैह्रजिम्मेवार तरिकाले राज्यको प्राबिधिक शिक्षा उत्पादन गर्ने मुख्य निकायलाई यसरी संचालन गर्नु र त्यस सस्था प्रती बर्सौ देखि आम जनताको बिश्वास घात गर्नु र यसलाई नियमन गर्ने शिक्षा मन्त्रालय र परिषदको अध्यक्ष माननीय शिक्षा मन्त्री समेत यस्मा गैह्र जिम्मेवार हुनु झन ठूलो चिन्ताको बिषय बनेको जारी विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षा ऐनमानै २ बर्ष भित्र स्तरोन्नति गराइसक्नु पर्ने स्पष्ट लेखिएको कानुनको धज्जी उडाउदै ४ बर्ष सम्म कसैलाई काखा कसैलाई पाखा गरि अझै यस्ता किसिमका हर्कत गरेर कानुन सङ पनि खेलबाड गरिनुले सम्बन्धित निकाय र जिम्मेवार पदाधिकारीको नियत प्रष्ट भएको महासंघले आरोप लगाएको छ ।

बिगत ४ बर्ष देखि अरबौ लगानि गर्न लगाई सम्बन्धित निकायले तोकेको मापदण्ड पूरा गरि करोडौ रकम समेत राज्यको खातामा धरौटी राख्न लगाइ विद्यार्थी हरुसङ पनि परिक्षा शुल्कको नाममा लाखौं रकम उठाइ आज सम्पुर्ण विद्यार्थी, अभिभावक एवं शिक्षण सस्थाहरुलाइ हतोत्साहित बनाउने यो सूचना तत्काल रद्द गरि पुर्ववत सूचनाको आधारमा हाल सम्म सिटिइभिटिले भर्नाको लागि आबेदन फारम भराएका सम्पुर्ण सस्थाहरुको एकैपटक प्रवेश परिक्षा लिन अनुरोध महासंघले गरेको छ ।

सहयोगको लागि आम विद्यार्थी, अभिभावक, पत्रकार, प्राबिधिक शिक्षा प्रेमी, सरोकारवाला निकाय एवं न्याय प्रेमी आम जनताहरुले साथ सहयोग गरि दिन पनि अपिल अध्यक्ष र महासचिवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय