काठमाडौं -। मुस्ताङको कागबेनीमा पहिरो पन्छाउँदा डेढ करोड रुपैयाँ भेटिएको छ । आइतबार आएको बाढी तथा पहिरो पन्छाउने क्रममा डेढ करोड रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।
बाढीले बगाएर ल्याएको रकम आज फेला परेको हो ।बाढीले बगाएको प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोडभन्दा बढी रकम फेला परेको हो। प्रहरीका अनुसार बाढीले बगाएर ल्याएको गेग्रान पन्छाउने क्रममा प्रभु बैंकको लकर भेटिएको थियो । लकरभित्र ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला परेको हो ।त्यस्तै १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ पनि फेला परेको प्रहरीले जनाएको छ ।
क साताअघि आएको बाढी तथा पहिरोका कारण कागबेनीका नागरिकको जनजीवन प्रभावित भएको थियो ।