काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० का पुराना भिडिओ टिकटकमा फेक लाइभ देखाउने व्यक्ति मालामाल हुन थालेका छन् । फेसबुकमा सेलिब्रिटीका फेक लाइभ गरी स्क्याम चलाउँदै आएका साइबर अपराधी पछिल्लो समय गिफ्ट संकलन गर्ने र फलोअर बढाउने उद्देश्यका साथ टिकटकमा सक्रिय देखिएका हुन् ।
व्यक्तिगत स्वार्थका लागि सेलिब्रिटीका लाइभ भिडिओ दुरुपयोग गर्ने घटना यो नै पहिलो भने होइन । विशेषगरी चर्चित व्यक्तिहरूले विभिन्न समयमा सामाजिक सञ्जालमा राखेका लाइभ कुराकानीका भिडिओलाई पुनः लाइभ देखाएर दुरुपयोग गर्ने प्रवृत्ति बढ्दो छ ।
सर्वसाधारणलाई स्क्याम ९ठगी गर्ने मनसायले फैलाइने० लिङ्कमा क्लिक गराउन, अनावश्यक उपहारको प्रलोभन देखाउन, आफूसँग कुरा गरेको भान पारी फलोअर बढाउन यसरी पुराना भिडिओ दुरुपयोग हुने गरेको छ । बालेन, रवि लामिछाने, हर्क साम्पाङ, राजेश हमाल लगायत चर्चित व्यक्तिका लाइभ भिडिओ यसरी बढी दुरुपयोग हुने गरेका छन् ।
२०८० भाद्र ५, मंगलवार ०८:०४
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech