२०८० कार्तिक ९, बिहीबार १७:४६


रुपन्देही ।

दशैंको दिन गुर्गाको मूर्ति विसर्जन गर्न जाँदा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा दुर्गा मूर्ति बिसर्जनको क्रममा डुबेर बेपत्ता भएका युवकको शव आज फेला परेको हो ।

दुर्गा मूर्ति बिसर्जनका क्रममा मंगलबार दिउँसो रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको दुई मुहान ९नदी० मा डुबेर कोटहीमाई९ १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए । मूर्ति बिसर्जनकै क्रममा डुबेर सोही स्थानकै २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो । स्थानीयले नभेटेपछि खोजतलासका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोरको टीम परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नंं २७ नम्बर गण हेडक्वाटर भैरहवा, रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी तुलसीराम पाण्डेयले कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ९ जना गोताखोर ल्याएर खोजतलास गरिएको र बिहीबार शव फेला परेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय