२०८० कार्तिक २०, सोमबार १५:१७

कपिलवस्तु ।

वाणगंगा माध्यमिक विद्यालय ठाकुरापुरले लामो समयपछि ‘विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष’ पाएको छ । वडा नम्बर ४ गजेहडामा स्थायी घर भएका समाजसेवी कृष्ण कुँवलाई विद्यालयले ८ बर्षपछि अध्यक्ष पाएको हो ।

विद्यालय व्यवस्थापन समितिका उपस्थित सदस्यको बहुमतले सोमबार कुँवरलाई अध्यक्ष चयन गरेको सदस्य सचिव एवम् विद्यालयका प्रधानाध्यापक राम प्रसाद भण्डारीले बताए । उनले प्रकृया र नियम अनुसार नै अध्यक्ष चयन गरिएको बताएका छन् । यसअघि गणेश चौधरी अध्यक्ष थिए ।
विद्यालयमा अध्यक्ष चयन भएपछि कुँवरले विद्यालयलाई नमुना बनाउने बताएका छन् । वाणगंगा कपिलवस्तुको निकै पुरानोमध्येको एक विद्यालय रहेको हुँदा यसलाई आधुनिक र सुविधा समपन्न गराउनु आफ्नो पहिलो प्राथमिकता रहेको कुँवरले भने ‘म विद्यालयलाई नमुना बनाउन आएको हुँ, राजनीति गर्न होइन ।’

उनले थपे, ‘भौतिक रुपमा यस विद्यालयलाई धेरै माथि उठाउनु छ । जिल्लाको नुमना विद्यालय बनाउनु छ । त्यसैले मेरो ध्यान यस विद्यालयको विकासमा हुनेछ । चाँडै अभिभावकले यस कुराको अनुभव पाउनुहुनेछ ।

‘भइरहेको पठनपाठनमा अझै धेरै गति ल्याउने, प्रविधिमा जोड दिने, निशुल्क अंग्रजी शिक्षा चलाउने लगायतका काम तत्काल हुने छन् उनले भने संरचनागत रुपमा विद्यालयलाई चुस्त दुरुस्त बनाउने काम विस्तारै हुनेछ । म बस्दासम्म विद्यालय नमुना बनेरै छोड्ने छ, भरोसामा रहन अभिभावकलाई आग्रह गर्दछु’, अध्यक्ष कुँवर भन्दछन् ।

अध्यक्ष चयन गर्न भूमिका खेल्ने सबै सदस्यलाई धन्यबाद दिँदै उनले आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा हुने बताए ।
गणपुरक संख्या पुगेको बैठक भने एमालेले बहिष्कार गरेको बुझिएको छ । अध्यक्ष चयनमा वडा अध्यक्ष छवि रेश्मी असन्तुष्ट रहेका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय