काठमाडौं
जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न ठाउँमा ९० जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरबाट ४२ जना, काठमाडौंबाट १७ जना, डडेलधुराबाट १३ जना, दार्चुला र संखुवासभाबाट सात–सात जना र सिन्धुलीबाट ४ जना गरेर जम्मा ९० जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथी आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक ९डीआईजीपी० कुवेर कडायतले नेपाल प्रेसलाई जानकारी दिए ।
कञ्चनपुर, भिमदत्त नगरपालिका–१७ बाँसखेडाका भिमबहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ का ४० वर्षका ईन्द्र पाठकसहित २८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ५८ हजार ६ सय ९४ रूपैयाँ र तास २०८ पत्तीसहित पक्राउ गरेको हो ।
यसैगरी सोही नगरपालिका–१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१४ का ३८ वर्षका दिनेश खत्रीसहित ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद २५ हजार चार सय ६० रूपैयाँ र तास गड्डी पाँच थानसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका–६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षका रामबहादुर रानासहित आठ जनालाई मंगलबार बिहान नै प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ४० रुपैयाँ र तास एक गड्डीसहित पक्राउ गरेको हो ।
काठमाडौं, शंखरापुर नगरपालिका–एक नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगालसहित आठ जनालाई सोमबारराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार आठ सय ३५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–एक ढुङ्गाना गाउँ बस्ने ४२ वर्षका मधु रिमालसहित नौ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार आठ सय ५५ रुपैया र एक बुक ताससहित पक्राउ गरेको हो ।
डडेल्धुरा, अमरगढी नगरपालिका–एक मौरडास्थित धर्मराज जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षका ओमप्रकाश जोशीसहित १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार तीन सय ७९ रुपैयाँ र तास दुई सय ५२ पत्तासहित पक्राउ गरेको हो ।
यस्तै सिन्धुली, सुनकोशी गाउँपालिका–६ खाल्टेका ५० वर्षका रामे माझीको घरमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरीले उनीहरूलाई नगद २२ हजार सात सय ६० रुपैयाँ, एक गड्डी तास र ३३ वटा कौडासहित पक्राउ गरेको हो ।
दार्चुला, महाकाली नगरपालिका–५ गल्फैका ३२ वर्षका केशवदत्त भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट लगायत सात जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार तीन सय रुपैयाँ र तासको गड्डी ६ थानसहित पक्राउ गरेको हो ।यस्तै संखुवासभा, चैनपुर नगरपालिका–३ तिनखोप्रेका ३६ वर्षका हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ५१ वर्षका प्रेमबहादुर कटुवालसहित लगायत सात जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार तीन सय २५ रुपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो ।