२०८० मंसिर १६, शनिबार ०७:०४

नारायण पाण्डे कपिलवस्तु
दिगो विकासका लागी तिनै तहका सरकार, संघ संस्था र सरोकारवाला निकायहरुले जनताको झुपडीमा भन्दा खोपडीमा चेतना भर्नुपर्ने प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ

आज सिद्धार्थ सामाजिक विकास केन्द्रको बार्षिक सामाजिक परिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै अधिकारीले सो कुरा बताउनु भएको हो । मन्तव्यको क्रममा उहाँले भन्नु भयो सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक रुपान्तरणको क्षेत्रमा अग्रणी भुमिका निर्वाह गरेको छ । संस्थाले सिमान्तकृत समुदायका मानिसहरुलाई शसक्तिकरण र जिविकोपार्जनका क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय रहेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाकी उप प्रमुख रीता कुमारी चौधरीले सिद्धार्थ सामाजिक विकास केन्द्रले बिभिन्न किसिमका बिषयगत तालिमबाट थुप्रै किसिमका श्रोत व्यक्तिहरु तयार गरेको बताउनुभयो । संस्थाले व्यक्तित्व र नेतृत्व विकासका लागी गरेको कामको चर्चा गर्नुभएको छ ।

संस्थाले निरन्तर रुपमा गर्दे आएको बार्षिक सामाजिक परिश्रण कार्यक्रममा संस्थाका सचिव दुर्गा अर्यालले संस्थाको संक्षिप्त परिचय,उद्देश्य र रणनितिकाका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गैर सरकारी संस्था महासंघ कपिलवस्तुका निर्वमान अध्यक्ष प्रविण कुमार श्रीवास्तवले संस्थाले बिभिन्न दाताहरुको साझेदारीमा संचालन गरेको परियोजनाको स्थलगत अध्ययन गरी तयार पारेको सामाजिक परिक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाको कार्यक्षेत्र रहेको बाणगंगा नगरपािलका,शिवराज नगरपालिका,मायादेवी गाउँपालिका र सुद्धोधन गाउँपालिका भित्रका लक्षित समुदायहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्षता, उपाध्यक्ष हरिलाल शर्माको स्वागत मन्तव्य र सहसचिव धु्रव बेल्वासेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष सागर श्रेष्ठ,पुर्व अध्यक्ष गुणनिधि भुसाल, निवर्तमान अध्यक्ष तेज प्रसाद आचार्य,गैसस कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डे,बाणगंगा नगरपालिका वडा नं ११ का वडाध्यक्ष नरेन्द्र कुमार चौधरी, बाणगंगा नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख खिम बहादुर जि।सी।,सरोकारवाला निकाय,पत्रकार र लक्षित समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय