कपिलवस्तु नारायण पाण्डे
कपिलवस्तु उद्योग बाणिज्य संघको अध्यक्षमा रमेशचन्द्र भुसालले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरेर भुसालले उम्मेदवारी घोषणा गरेका हुन् । आफु स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएको उनले स्पष्ट समेत पारेका छन् । उद्योगी व्यवसायीहरु प्लायन हुने स्थिति रोक्न र उनीहरुको हकहितमा काम गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।
‘व्यवसायीहरुको विस्थापनलाई रोक्न नसके देशको आर्थिक अवस्था भयावह हुन्छ । त्यसैले हरेक क्षेत्रमा पहरेदारी, खबरदारीका साथ समझदारीमा ल्याउन पर्छ भन्ने उद्देश्यका साथ अध्यक्ष पदको लागी उम्मेदवारी घोषणा गरेको हुँ,’ उनले भने ।
उनले हरेक क्षेत्रमा राजनितिक भागवण्डा तथा राजनितिक लेपन लगाउने कोसिस हुने गरेको बताउँदै उक्त प्रवृतिको आफु विरुद्धमा रहेको समेत उद्घोष गरे । उनले आफ्नो उम्मेदवारी आम उद्योगी, व्यवसायीको उम्मेदवारी भएको बताए ।
आफु करिब १५ बर्षदेखि उद्योग व्यापारको क्षेत्रमा तत्लीन रहेको बताउँदै उनले भने, ‘यही क्षेत्रका करिब एक सय जनालाई युवा युवतीलाई रोजगारी दिएको छु ।’