२०८० माघ ६, शनिबार १९:०१

नारायण पाण्डे कपिलवस्तु
नेपाल किसान ट्रेक्टर समितिको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज समितिको कार्यालय प्राङ्गण, बाणगंगामा साधारण सभा तथा ९ औँ अधिवेशन भएको हो । साधारण सभा सकिएपनि अधिवेशन भने जारी छ ।
कार्यक्रममा बोल्दै नेपाल किसान ट्रेक्टर महासंघका केन्द्रिय कोषाध्यक्ष शिव गिरिले सरकारको नितिका कारण करडौ रुपैयाँको गिट्टी बालुवा बगेर भारत गएको बताउनुभयो । बर्खाको समयमा गिट्टी बालुवा निकाल्न नदिदा बर्षाको भेल सङ्गै मुल्यवान नदिजन्य पदार्थ बगेको उहाँले बताउनुभयो । अहिले राज्यले ट्रेक्टरलाइ कृषि सामाग्रीको रुपमा व्यवहार नगरेकोले सम्पुर्ण किसानहरु एकजुट हुन आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै उहाँले किसानले व्याक्तिगत रुपमा भारत बाट ट्रेक्टर किन्न नपाउदा नेपालमा ट्रेक्टरको खरिद मुल्य अधिक रहेको बताउनुभायो ।

त्यस्तै नेपाल ट्रेक्टर महासंघ लुम्बिनी प्रदेश अध्यक्ष धुर्व कुमार धितालले तराईमा खेत जोत्न मात्र नभएर पहाड र हिमालमा सामान बोक्न पनि ट्रेक्टरको भुमिका महत्वपूर्ण रहेकोले सरकार यसका समस्या प्रति गम्भिर हुनुपर्ने बताउनुभयो । सरकारकै नितिका कारण ट्रेक्टर व्यवसायी मारमा परेको उहाँले बताउनुभयो ।
त्यस्तै समितिका अध्यक्ष शङ्कर पौडेलले अध्यक्षको प्रतिवदेन राख्दै कृषि पेशालाई आधुनिकीकरण गर्नको लागि ट्रेक्टरको प्रयोगलाई व्यवस्थित गराउन आवश्यक रहेको बताउनुभयो । कपिलवस्तु सहित नेपालका अधिकांश किसान ट्रेक्टरमा भर पर्ने भएकाले यसको महत्त्वलाई सरकारले बुझ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समितिका महासचिव झविन्द्र खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णु गिरीले आर्थिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष बेचन यादवले दुर्घटना प्रतिवेदन र लेखा समिति संयोजक पदम रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्याल, समितिका पदाधिकारी, ट्रेक्टर व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय