२०८० माघ ७, आईतवार १६:१६

कपिलवस्तु, 

त्रिशक्ति सामुदायिक वन उपभोक्ता समुहको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार वन परिसरमै साधारण सभा गरिएको हो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले सामुदायिक बनले अब पर्यटनलाई प्रवर्द्धन गर्ने गरी काम गर्नु पर्ने बताउनु भयो । ऐतिहासिक पर्यटकीय स्थल बनाउन यसको विकासमा वनको विशेष भूमिका हुने उहाँले बताउनु भयो । प्रदेशको आखामा पनि त्रिशक्ति वन रहेको हुनाले यहाँ पर्यटनलाई टेवा पुग्ने गरी काम गर्न सके समग्र कपिलवस्तुको विकासमा टेवा पुग्ने उहाँको भनाई छ । कार्यक्रममा विशिष्ट अतिथि सामुदायिक वन महासङ्घका केन्द्रिय अध्यक्ष ठाकुर प्रसाद भण्डारी अव नेतृत्व हुने समिति ले भावी कार्य योजना बोकेर अघि बढ्न सुझाव दिनुभयो । डिभिजन वन कार्यालयका अधिकृत विजयराज सुवेदी र वाणगङ्गा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्याल र सामुदायिक वन महासङ्घका प्रदेश उपाध्यक्ष होमनाथ भट्टराई ले आफ्नो भनाई सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वडा न ८ का वडा अध्यक्ष बाबुराम अर्याल सव डिभिजन वन कपिलवस्तुका यमलाल गैरे, पुलवारि सामुदायिक वनका अध्यक्ष जयलाल गिरि , लगायतले मन्तव्य राख्दै वनलाई संरक्षण गर्नै राज्यको नीतिलाई बचाउन सबैलाई अनुरोध गर्दै त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिले राम्रो कार्य गरेको प्रति खुसी व्यक्त गर्नुभयो । अहिले सम्म त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिका १३ सय ५७ जना उपभोक्ता सदस्यहरू रहेका छन ।

कार्यक्रममा समितिको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष विष्णु प्रसाद पन्थीले प्रस्तुत गर्नुभएको थियो । यस्तै कोषध्यक्ष केशवराज घिमिरेले आर्थिक प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षको १ करोड १९ लाख बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

वनका सचिव भगवता पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । लेखा समिति संयोजक रविराज आचार्यले लेखा तथा विधान संशोधन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभा सकिए पनि अधिवेशन जारी नै छ । सकेसम्म सर्वसम्मत रुपमा अध्यक्ष चयन हुने छ । सहमति नभएमा चुनावबाट आगामी नेतृत्व चयन गर्ने तयारी रहेको पन्थीले जानकारी दिनु भयो । अध्यक्ष विष्णु प्रसाद पन्थीको अध्यक्षता र राष्ट्रियसभा सदस्य विमला घिमिरेको प्रमुख आतिथ्यता विभिन्न राजनीतिक दलका प्रतिनिधि कार्यकर्ता सञ्चारकर्मी वन उपभोक्ता समितिका सदस्यहरू लगायत विभिन्न सङ्घसंस्थामा आबद्ध प्रतिनिधिहरू उपस्थित रहेको उक्त कार्यक्रम सचिव भगवता पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय