२०८० माघ २४, बुधबार २०:१२


लक्ष्मण सापकोटा ।
 कपिलबस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सकिएको छ भने ८ औँ अधिवेशन जारी भएको छ र संघको नया नेतृत्व चयन प्रक्रिया भने त्यति सहज नहुने निश्चित छ । नेतृत्वका लागि काँग्रेस, माओवादी, नेकपा एस, जनमोार्चा र राप्रपा दलहरु मिलेर ५ दलिय गठबन्धन नै तयार गरी बाणगंगा नगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष गँणेश बहादुर क्षेत्री नेतृत्वको प्यानल खडा भएको छ भने एमाले समर्थित मोहन न्यौपाने र रास्वपाका लक्ष्मण कँडेलको नेतृत्वमा आ–आफ्नै प्यानल खडा भएको छ ।


यसरी अलग अलग प्यानल बनाएका तीनै जनाले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गरेका छन् । गठबन्धन गरेर चुनावमा होमिनु भएका गँणेश बहादुर क्षेत्रीले आफु नेतृत्वमा आए समग्र उद्योगि व्यवसायीको समस्या पहिचान गरि समाधान गर्ने र खस्किदो अर्थतन्त्र सुधारका निमित्त विशेष योजना बनाई काम गर्ने बताउनुभयो ।
यता स्थापनाकाल देखि हालसम्म संस्थाको गरिमा एवं उचाईका निम्ति आफ्नो महत्वपुर्ण योगदान रहेकाले सबै राजनैतिक दल निकटका व्यवसायीले आफूलाई विश्वास गर्ने दाबि गरेका मोहन न्यौपानेले उद्योगी व्यवसायीका हक हित संरक्षणका निम्ति आफ्नो उम्मेद्वारी रहेका जानकारी गराउनुभयो । बढ्दो आर्र्थिक संकटको अवस्थामा व्यवसायलाई माथि उकास्न विशेष पहल गर्ने, दर्ता नभएका झोले, पोके अवैध व्यापारलाई निषेधका लागि पहल गर्ने वा करको दायरामा ल्याउने, १ करोडको अक्षय कोष स्थापना र सदस्यहरुका लागि रु. १ लाख सम्मको दुुर्घटना बीमा, चारनम्वर क्षेत्रमा रात्रीकालिन वित्तिय सेवा दिने नगरको प्रतिवद्धतालाई कार्यान्वयन गर्ने, हाटबजारको व्यवस्थापन गर्ने, चर्को ब्याजको बृद्धि नियन्त्रणका निमित्त नेपाल उद्योग वाणिज्य महासंघ मार्फत विशेष पहल गर्ने र विदेशीन खोज्ने युवा जनशक्तिलाई नेपालमै उद्यमशीलताको प्रेरणा जगाई विशेष योजनाका साथ युवा शक्तिको आत्मविश्वास बडाउने जस्ता थुप्रै योजना आँफुसँग रहेको र आँफु नेतृत्वमा आए यि सबै योजना पुरा गर्न आँफु प्रतिबद्ध रहेको बताउनुभयो ।


उता मत बिष्लेषणका निम्ति चुनावमा होमिएका लक्ष्मण कंडेलले आफ्नो जित भए समग्र उद्योगि व्यवसायलाई समेटेर अगाडी बढ्ने जिकिर गर्नुभयो । ५ दलिय गठबन्धन तर्फ लक्षित गर्दै जो कोही जुनसुकै राजनैतिक दलमा आबद्ध भएपनि नितान्त उद्योगी व्यवसायीहरुको संस्थामा गठबन्धन खडा गर्नु आपत्तिजनक रहेको बताउनुभयो । उहाँले अघि भन्नुभयो “म र मेरो प्यानलका साथिहरु जुनसुकै राजनैतिक दलमा रहेपनि जित होला या नहोला हामि हार स्विकार्छौँ, आफ्नो मत विश्लेषण गरी सुधार गर्नुपर्ने कुरा सुधार्छौँ तर स्वार्थका निमित्त स्वाभिमान बेच्दैनौँ त्यसैले हामि आफ्नै ढङ्गबाट अँगाडी आउँदै छौँ” ।


यता मंगलबार सम्म अध्यक्षका दाबी गरेका स्वतन्त्र उम्मेदवार रमेश चन्द्र भुषालले बुधबार विहान एकाएक बरिष्ट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुले व्यवसायीहरुमा हलचल मच्चिएको छ । यसलाई पनि महत्वपुण रुपमा लिन सकिन्छ ।
संघको निर्वाचन यहि माघ २७ गते हुदैछ । प्रमुख निर्वाचन अधिकृत गुणनिधी भुषालले अहिले सबै प्यानलबाट युवा र सक्ष्म उम्मेदवार आएको बताउनुभयो । उहाँले स्वच्छ र मर्यादीत वातावरणमा निर्वाचनलाई सम्पन्न गर्न सबैमा आग्रह गर्नुभयो ।


यता उम्मेदारी दर्ता गराएका तीनै जनाले आफ्नो नेतृत्व आउने दाबी गरेका छन् तर नतिजा कस्को कोल्टामा पर्छ त्यो भने हेर्न बांकी नै छ । नतिजामा जसले बाजी मारेपनि व्यवसायीहरुको हक हितका निमित्त नेतृत्वले कुनै पनि किसिमको पुर्वाग्रह नराखी काम गरोस् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय