२०८० चैत्र १६, शुक्रबार ०६:२९

सागर बेल्बासे  कपिलवस्तु

लुम्बिनी प्रदेश संगितकर्मी संघको तेस्रो अधिवेशन कपिलवस्तु मा सम्पन्न भएको छ।जितपुर स्थित लुम्बिनी लर्निङ्ग सेन्टरको सभाहलमा भएको कार्यक्रम मा लुम्बिनी प्रदेश का विभिन्न जिल्ला अध्यक्ष एबम प्रतिनिधि सहित गित संगित सम्बद्ध विभिन्न संस्थाका का पदाधिकारी हरुको उल्लेख्य उपस्थिति रहेको थियो।संस्था का प्रदेश अध्यक्ष पुर्णचन्द्र परियार को अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथी संगितकर्मी संघका केन्द्रिय महासचिव जीवन परियार ,बिशिस्ट अतिथि संघकै केन्द्रिय सदस्य दिनेश रन्जन,राष्ट्रिय चुट्का भजन का जिल्ला अध्यक्ष लेखनाथ घिमिरे ,नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठान का अध्यक्ष बुद्दी सागर बेल्बासे लगायत हुनुन्थ्यो। कार्यक्रम मा गित संगित र साहित्य को शक्तिले जस्तोसुकै नास्थिकलाइ पनि हल्लाउन सक्ने सामर्थ्य रहेकाले गित संगित र साहित्य को महत्त्व लाई बुझ्दै बुझाउदै कलाप्रेमी सबैको संरक्षणमा यस्ता संस्थको भुमिका महत्त्वपूर्ण रहने हुंदा सबैखाले सर्जकहरुले यस्ता संस्थाहरुमा सहयोग पुराउनु पर्ने कुरा सहितका शुभकामना मन्तव्य राखिएको थियो।

आआफ्ना कला प्रस्तुति सहितको उक्त कार्यक्रम बाट संस्थाको प्रगतिप्रतिवेदन अनुमोदन गराइ बुद्धिसागर बेल्बासे को संयोजकत्वमा इस्वरी प्रसाद भन्डारी र दिपिका सुनार सदस्य रहेको ३सदस्यीय निर्वाचन मण्डल अनुमोदन गराइएको थियो।तेस्रो लुम्बिनी प्रदेश अधिवेशनले अध्यक्ष मा निवर्तमान अध्यक्ष पुर्णचन्द्र परियार वरिष्ठ उपाध्यक्ष मा लोकेन्द्र सुनार,प्रथम उपाध्यक्षमा चन्दा गुरुङ्ग,दितिय उपाध्यक्षमा भुवन खड्का,महिला उपाध्यक्षमा उषा दसौती,उपाध्यक्षमा सुरज गौतम,महासचिवमा अशिम कंडेल क्षेत्री,सचिबमा नकुल परियार ,सुनिता रेगामी मगर,कोषाध्यक्षमा दिपक वलि,सह(कोषादक्ष्यमा ज्ञानेन्द्र अधिकारी ,प्रवक्ता मा रमेश वलि र सदस्य मा सबिन रणपाल सहितको १३ सदस्य प्रदेस कमिटी निर्बिरोध निर्वाचित गर्दै बाँकी सदस्य तथा विभिन्न बिधाका उपसमिति बिधानत मनोनयन गरि जाने कुरा सहित नयाँ कार्यसमिति गठन भएको कुरा निर्वाचन मण्डल का संयोजक बुद्दिसागर बेल्बासेले जनाउनु भएको छ।आजको उक्त कार्यक्रम निवर्तमान सचिब अशिम कंडेल क्षेत्रीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय