२०८१ जेष्ठ २०, आईतवार १२:०१

सागर बेल्बासे कपिलवस्तु

जेठ १९ गते बेलुका आएको ठूलो हावा हुरिले क्षेत्रफल का हिसाबले देशकै सबैभन्दा ठूलो सितगङ्गा नगरपालिका को वडा नम्बर १ मा धेरै घरहरु उडाएर क्षती पुराएको छ। सबै क्षतिको स्थलगत अनुगमन गर्न इलाका प्रहरी कार्यालय ठाडा मा खबर गरि आफू क्षतिग्रस्त स्थान मा लागिरहेको वडा नम्बर १ का वडा अध्यक्ष मान बहादुर सिंजापती ले जनाउनु भएको छ।सुवर्णखाल को साहुटोला स्थित धातानन्द बेल्बासे,झबिन्द्र बेल्बासे को घर टिनको छाना सहित डाँडाभाटा समेत पुर्ण रुपले उडाइ कहाँ कहाँ पुराएको छ भन्ने समेत यकिन नभएको कुरा स्थानीय झबिलाल बेल्बासे (रामु) ले जानकारी गराउनुभएको छ।साथै घनश्याम बेल्बासे,तारा थापा,रेसम खनाल समेतको घरमा घरका पाखै उडाइ क्षति पुराएको छ भने कसैका गोठ,कसैका बाख्राका खोर हरु समेत उडाइ ठुलो नोक्सानी पुराएको शिक्षक जिवनारायण बेल्बासे ले बताउनुभएको छ।त्यसैगरी सोही वडा कै मन्द्रे,हल्दे लगायतका स्थानमा समेत विभिन्न घर उडाइ क्षती पुराएको मा आफू अबलोकन का लागि फिल्ड मै लागीरहेको ले पुर्ण क्षतिको विवरण संकलन गरिरहेको वडा अध्यक्ष मान बहादुर सिन्जापतिले जानकारी गराउनुभएको छ।सितगङ्गा कै अन्य स्थान तथा वडा नम्बर १४ मा समेत स्कुल को छाना नाङ्गै गराएका तस्बिर सामाजिक संजाल मा आइसकेका छ्न।सबै क्षती को पुर्ण विवरण भने नआइसकेको स्थानीयबासी तथा जनप्रतिनिधि हरुले जानकारी गराउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय