२०८१ जेष्ठ २२, मंगलवार १५:१७

हरि आचार्य

कपिलवस्तु,

कपिलवस्तुको बाणगंगा नगरपालिका निवासी स्वर्गिय बिष्णु प्रसाद पौडेलको निधन पश्चात स्थापना गरिएको बिष्णु स्मृति प्रतिष्ठानले विपन्न तथा अशक्त, बिरामीहरुलाई आर्थिक सहयोग गरेको छ । स्वर्गीय बिष्णु प्रसाद पौडेलको ८ औं बार्षिक पुण्यतिथीको स्मृतिमा आर्थिक सहयोग प्रदान गरिएको हो ।

कपिलवस्तु र रुपन्देहीका विपन्न तथा अशक्त बिरामीहरुका लागि एक कार्यक्रमको आयोजना गरि उक्त आर्थिक सहयोग हस्तान्त्रण गरिएको हो । प्रतिष्ठानले कपिलवस्तुको बाणगंगा ८ निवासी अल्सर बिरामीबाट पिडित पबित्रा पौडेल, बाणगंगा १ निवासी मृगौला पिडित पोम बहादुर घर्ती मगर, बाणगंगा ७ निवासी ट्युमरबाट पिडित शिशिर खनाल, बाणगंगा १ निवासी अर्वुदबाट पिडित बिष्णु परियारलाई सहयोग रकम हस्तान्त्रण गरिएको हो । त्यस्तै रुपन्देहीको सैनामैना ६ निवासी मृगौला पिडित सुनिता वि.क. र सैनामैना ६ निवासी मृगौला पिडित प्रशान्त रेग्मीलाई सहयोग प्रदान गरिएको हो ।

सहयोग रकम लिंदै विपन्न तथा अशक्त बिरामीहरु व्यक्तिहरुले धन्यवाद व्यक्त गर्दै सहयोग रकमले केहि राहत हुने बताएका छन् ।

कार्यक्रममा स्वर्गिय बिष्णु प्रसाद पौडेलका दाजु अमित पौडेलले स्वर्गिय बिष्णुको जिवनी सहित उहाँले गरेको योगदानको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अन्य कार्यक्रम गरेर रकम खर्च गर्नुभन्दा उपचारका लागि लक्षित वर्गका अशक्त तथा विपन्न व्यक्तिलाई सहयोग गर्दा केहि राहत हुने भएकाले यो कार्य गरेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा बिष्णु स्मृति प्रतिष्ठानका संरक्षक योगमाया पौडेलले केहि गरौं भन्ने उमेरमा आफुले छोरो गुमाउनु परेको भन्दै छोरको सम्झनामा सहयोग गरेको बताउनुभयो । स्वर्गीय बिष्णु पौडेलको आमा रहनुभएकी पौडेलले आगामी दिनमा पनि छोरोको स्मृतिमा विभिन्न रोगबाट ग्रसित, अशक्त, विपन्न परिवारलाई निरन्तर रुपमा सहयोग गर्ने बताउनुभयो ।

स्वर्गी पौडेलको परिवारका सदस्य, बिष्णु स्मृति प्रतिष्ठानका सल्लाहकारहरु, विपन्न, अशक्त विरामीहरुका परिवार लगायतको उपस्थिती रहेको कार्यक्रम कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय