गुल्मी –
रेसुङ्गा नगरपालिका भित्र दुई वर्षको अवधीमा ४२ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक बर्ष ०७९/०८० र ०८०/०८१ मा ४२ किलोमिटर बाटो पिच भएको हो ।
नगरपालिकामा गत आर्थिक बर्ष ०७९/०८० मा मात्रै २४ किमि चार सय ८० मिटर बाटो पिच भएको हो । जसमध्ये खाम्सेपानि भुवनपानि रातडाँडा सडक ४ किलोमिटर ,तम्घास बजार क्षेत्र ४/५ किलोमिटर ,तम्घास रेसुङ्गा सडक ६ किलोमिटर ,खाम्सेपानि नेटाखर्क सडक ३।५ किलोमिटर ,आद्रसचोक सेतोगुरास सडक चार सय ३८ मिटर ,सेउघा सिमाघाट सडक ४ किमि र घुम्टि तम्घास सडक खण्ड २ कि।मी गरी गतवर्ष मात्र २४ किलोमिटर चार सय ३८ मिटर बाटो पिच भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए ।
नगरपालिकाले यो आर्थिक बर्षमा १७ किलोमिटर ३१३ मिटर बाटो पिच र आरसिसि ढलान गरेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । उनले यो आर्थिक बर्षमा १८ किलोमिटर दुई सय ७० मिटर नालि निर्माण ,९ किलोमिटर २३५ मिटर कच्चि सडक र १२ किमि १२५ मिटर बाटो ग्राबेल गरिएको बताएका छन् ।
मेयर पन्थीले सन्तुलित विकासको अवधारणा अनुरुप गाउँ र सहरकको विकासलाई सन्तुलित रुपमा अगाडि बढाएको बताएका छन् । “अत्यन्तै अप्mठ्यारा ठाउँहरुमा आरसिसि ढलान गरेका छौं र नगरपालिकाको भौगलिक रुपमा अलि टाढा रहेको पराल्मी र रातामा जाने बाटाहरु दुबै तर्फबाट चौंडा गर्ने र ग्रावेल गर्ने कामहरु सुरु गरिएको छ र यो निरन्तर हुन्छ । ” पन्थीले भने
नगरपालिकामा दुई आर्थिक वर्षमा ४१ किलोमिटर सात सय ५१ मिटर बाटो पिच र ढलान भएको हो ।