
कपिलवस्तु,
कपिलवस्तुको बाणगङगाामा मालपोत र नापी कार्यलयको सेवा आजबाट शुभारम्भ हुने भएको छ नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एक भब्य समारोह बिच शेवा शुभारम्भ गर्नु हुनेछ । पहिलो सेवा ग्राहिलाइ लालपुर्जा र कित्ता काटेको नक्शा मन्त्रीले उपलब्ध गराउने गरी सेवा भुभारम्भ गर्नु हुनेछ ।मन्त्री अधिकारी ३ दिनयता कपिलवस्तुका विभिन्न कार्यक्रम मा ब्यस्त रहदै आउनु भएको छ । बाणगङगामा मालपोत र नापी कार्यलय स्थापनाको अन्तिम तयारी होजो अबलोकन समेत भएको हो । सो अबसरमा रास्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे बाणगङगाका मेयर चक्रपानी अर्याल भुमि ब्यबस्था बिभागका महानिर्देशक शिव प्रसाद सुबेदि समेत सहभागी हुनुहुन्थ्यो ।
समारोहमा रास्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे प्रदेश सरकारका भुमि ब्यबस्था मन्त्री दिनेश घिमिरेले समेत सम्बोधन गर्नेभुमि ब्यबस्था बिभागका निर्देशक टेकराज अर्यालले बताउनु भयो । कपिलवस्तुको बाणगङगाामा मालपोत र नापी कार्यलयको सेवा शुभारम्भ हुनु भनेको सरकारले जनतालाइ सुबिधा पुराउन गरेको निर्णय कार्यान्वयन आएको मन्त्री अधिकारीले बताउनु भयो । यो कपिलवस्तुकोलागी महत्त्वपूर्ण उपलब्धि भएको रास्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले बताउनु भयो ।उपाध्यक्ष घिमिरे कपिलवस्तु र अर्घाखाँचीका विभिन्न कार्यक्रममा ४ दिनयता ब्यस्त रहदै आउनु भएको छ ।