कपिलवस्तुमा पहिलोपटक पुष्पखेती सुरु , छोटो समयमै राम्रो आम्दानी 

कपिलवस्तु,कात्तिक ९

कपिलवस्तुमा पहिलोपटक पुष्पखेती सुरु गरिएको छ। जिल्लाको शिवराज नगरपालिका– ५ नौडिहवामा युवाहरुको अगुवाईमा जिल्लामै पहिलोपटक पुष्पखेती सुरु गरिएको हो।

स्थानीय ८ युवाले सञ्चालन गरेको ऋग्वेद कृषि फर्मले १० कट्ठामा सयपत्री पुष्प खेती गरेको हो । आठमध्ये ६ युवा वैदेशिक रोजगारीबाट फर्किएका हुन् भने २ वैदेशिक रोजगारमा जाने तयारी त्यागेर पुष्प खेतीतर्फ लागेका छन्।

२ वर्षदेखि व्‍यावसायिक तरकारी खेती गरेका उनीहरुले पहिलो पटक व्‍यावसायिक रुपमा पुष्पखेती गरेका हुन्। फर्मका संचालक युधीर पौडेलले तिहारलाई लक्षित गरेर आफूहरुले यसवर्षदेखि पहिलो पटक सयपत्रीको व्‍यावसायिक रुपमा उत्पादन थालेको बताए। फर्ममा ४० लाख रुपैया लगानी भइसकेको छ।

उत्कृष्ट युवा कृषक तथा राष्ट्रपति पुरस्कार विजेता भास्कर पंगेनीको प्रेरणाबाट आफूहरू व्‍यावसायिक पुष्पखेतीमा लागेको पौडेलले बताए। फूलाउन सके बेच्‍न दुस्ख छैन गत साउन पहिलो सातामा चितवनबाट ३० हजारको बीउ किनेर ल्याएका थिए। बीउ, जोताई, सिँचाइलगायत गरी पुष्प खेतीमा एक लाखको हाराहारीमा लगानी गरिएको पौडेलले बताए। उनले सयपत्रीको माग बुटवल, भैरहवा, पोखरा, नेपालगंजलगायत स्थानबाट आएको बताए ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...