Archives


स्वदेशमै ९३ प्रतिशत फूल उत्पादन, भारतबाट आयात घट्यो

वाणगंगा अनलाईन कात्तिक ९

नेपालीहरुको महान दास्रो पर्व तिहारले सबैको घरघरमा रौनकता छाइसकेको छ । दसंै सकिना साथ तिहार सुरु हुन्छ । तिहारमा दिदी बहीनीले आफ्ना दाजु भाइलाई मखमलीको फूल र सयपत्रि फूलको माला, सप्तरंगी दुवोको टिका लगाउने प्रचलन रहेको छ ।

मखमली फूल कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । त्यसैले तिहार मा यी फूललको माला महत्वपूर्ण मानिन्छ । तिहार पर्वमा गणेशको पूँजा गर्ने, यमराजको आव्हान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, कटुस आदिको प्रयोगले दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायु हुने धार्मिक तथा पौराणिक मान्यता रहेको छ ।

त्यसैले त बजारमा बनिबनावट प्लाष्टिको माला होइन । सत्रपत्रि तथा मखमलीको मालाको महत्व धेरै रहेकोे छ । यस्ता फूलहरुको व्यवसायीक खेत ीगर्न थालिएको छ । नेपालमा एकरदुई वर्ष अगाडि धेरै मात्रामा फुलहरु भित्र्ने अवस्था थियो । तर अहिले यो अवस्था कम भएको छ । विभिन्न ठाउँमा फूल खेतीले प्राथामिकता पाएको छ । प्रदेश पाँचका विभिन्न जिल्लासँगै देशका विभिन्न जिल्लामा फूल खेती तर्फ किसानहरु आकर्षीत भएका छन् ।

व्यवसायीक रुपमा फूल खेतीले गर्दा लाखौँ रुपौयाँ फूल आयात हुने नेपालमा यो वर्ष कम मात्रामा मात्र फूल आयात हुने र अरु सबै स्वदेशमै उत्पादन हुने फूलले माग धान्ने अनुमान गरिएको छ ।
यस वर्षको तिहारमा खपत हुने मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने र बाँकी अन्य सबै स्वदेशी उत्पादनले नै पुग्नेछ । अघिल्ला वर्षको तुलनामा यस वर्ष ठिक समयमा तिहार परेको छ । जसका कारण स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...