Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

प्रदेश प्रमुख झाद्धारा दिपावलीसँगै विभिन्न पर्वको अवसरमा शुभकामना व्यक्त

कात्तिक ९ 

प्रदेश नम्बर पाँचका प्रदेश प्रमुख उमाकान्त झाले शुभ दिपावली, नेपाल सम्मत् तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

विभिन्न साँस्कृति विविधताले भरीपूर्ण रहेको नेपालमा विभिन्न चाडपर्वले राष्टिर्य एकता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न मद्त पुर्याउन सकोस भन्दै झाले शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँको शुभकामना सन्देशमा भनिएको छ(‘घरघरमा दिपालीसहित यमपञ्चक अवधिमा काड, कुकुर, गाई, धनधान्यकी देवी लक्ष्मीको पूजा, गाबर्धन पूजा, म्ह पूजा गरी तथा दिदीबहिनीहरुले आफ्ना दाजुभाईलाई टीका लगाई हर्षोल्लासका साथ मनाइने चाड तिहारले नेपालीहरुको मुहारमा उज्यालोपन ल्याउन सकोस् ।’

मानव समाजको आदिलम कालदेखिनै विभिन्न समूदायले अवलम्बन गर्दै आएका प्रचलनले आपसमा अपनत्व र सद्भावको भावनामा अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आइरहेको भन्दै उहाँले यस्ता पर्वले नेपालीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव एकता र उत्तरत्तर प्रगतिको होस भन्दै शुभकामना गर्नुभएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...