Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

प्रदेश नं ५ बुटवलमा कार्यरत सब इन्जिनियर पक्राउ

कार्तिक ९,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख २० हजार घुस लिएको आरोपमा एकजना सब इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

आयोगले शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवलमा कार्यरत सब इन्जिनियर सन्दिप पौडेललाई नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ता विद्यालयको खातामा निकासा गर्न सव इन्जिनियर पौडेलले सेवाग्राहीबाट घुस मागेको बताउनुभयो ।

उक्त घुस वापतको रुपियाँ लिन सब इन्जिनियर पौडेलले जेभीसी चालक विक्रम बस्नेतलाई लिन पठाएकोमा आयोगका कर्मचारीले घुससहित नियन्त्रणमा लिएको जनाएको छ । दुबैजनालाई बुटवल उपमहानगरपालिका वडा नं २ उजिरसिंह टोलबाट पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...