लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनु पर्छ: सभापति देउवा 

वाणगंगा अनलाईन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँ पछि प्राप्त अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनु पर्ने बताउनु भयो ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’मा उहाँले नेपाली जनताको लडाइँ, संघर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नु पर्ने बताउनु भएको थियो । ुसरकारले लोकतन्त्र माथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनु पर्छु, उहाँले भन्नु भयो। पूर्वप्रधानमन्त्री देउवाले सरकारले संविधानको मर्म र भावना विपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाए। सभापति देउवाले पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नु परेको बताउँदै चाडपर्वले पार्टी भित्र एकताको सन्देश दिन सहयोग पुग्ने बताउनु भयो। पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर रहेको उहाँको भनार्इ थियो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिपीको विचार नै मुलुकको विकासका लागि महत्वपूर्ण विचार भएको उल्लेख गर्नु भयो। कांग्रेस रुपान्तरणका लागि जागरण अभियानले महत्वपूर्ण भूमिका खेलेको छु, उहाँले भन्नु भयो। प्रवक्ता शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी कांग्रेस सङ्गठन विस्तारमा लाग्नु पर्ने बताउनु भयो । सांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुट उपगुट अन्त्य भए मात्र आगामी निर्वाचनमा कांग्रेस विजयी हुने ठोकुवा गर्नु भयो । निर्वाचनमा जितेको सभापतिलाई काम गर्ने वातावरण दिनु पर्ने उहाँको भनार्इ थियो । कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति एवं काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले अरु बेला कांग्रेस र निर्वाचनको बेला अरु दललाई भोट दिने प्रवृत्तिका कारण कांग्रेसले हारेको उहाँको भनाइ थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...