कहरा खोलामा पूल बन्दै स्थानियहरुलाई आवत जावतमा सहज हुने

वाणगंगा अनलाईन कपिलवस्तु  कार्तिक १०, 

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ र ३ को सिमामा रहेको कहरा खोलामा पुल बन्ने भएको छ । शिवराज नगरपालिका ३ होचुवा,वलुहवा,मजगाउँका स्थानियहरुलाई आवत जावतमा सहज होस भन्ने उद्देश्यले उक्त पुल निमार्ण गर्न लागिएको हो ।

वर्षातको समयमा उक्त खोलमा पूल नहुँदा स्थानीय बासिन्दाहरुले सास्ती झेल्दै आएका थिए । प्रदेश न ५ सरकारको ६५ लाख र शिवराज नगरपालिकाको ९१ लाख गरि कुल एक करोड छपन्न लाखको लागतमा उक्त पुल निमार्ण हुन लागेको छ ।

पुलको प्रदेश न ५ का सांसद अर्जुन कुमार केसीले शिल्यान्स गर्नुभएको छ । लामो समय देखी स्थानियहरुको माग भएपनि बनाउन नसकिएको उक्त पुल निमार्ण पश्चात विकट मानिएको होचुवा गाउँका बालबालिका, बृद्धलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

पुल निमार्ण पश्चात शिवराज नगरपालिका वडा न ३ का करिव १ सय ५० घरधुरीलाई सहज हुने शिवराज नगरपालिका ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वताउनुभयो । स्थानियको मागलाई सम्वोधन गर्दै एक वर्षको अवधिमा उक्त पुल निमार्ण हुने निमार्ण कम्पनीका संचालक दलार्जन केसीले वताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...