Archives


 खुल्ला भलिबल प्रतियोगितामा अमराईको जित

वाणगंगा अनलाईन कात्तिक १०

अमरावती युवा कल्वको आयोजनामा सम्पन्न खुल्ला भलिबल प्रतियोगिता आयोजक अमरावती युवा कल्वलले जितेको छ । बिभिन्न १३ वटा टिम मध्ये सेमिफाइनल खेलमा शितगंगा नगरपालिका २ सितापुर लाइ परातिज गर्दै फाइनलमा प्रबेश गरेको थियो ।

आयोजक अमरावतीले शितगंगा नगरपालिका ६ लाइ पराजित गर्दै प्रथम हुन सफल भएको हो । निकै प्रतिस्प्रधात्मक खेलमा आयोजकले ३ – २ को सेटमा जित निकाल्न सफल भयो । यस्तै सेमिफाइनलमा शितगंगा नगरपालिका सँग पराजित भएको शितगंगा नगरपालिका १ ले तेस्रो स्थानमा चित्त बुझाएको छ ।

शितगंगा २ सितापुरलाइ ३-२को सेटमा जित निकाल्दै सुवर्णखाल तेस्रो बन्न सफल भयो । यस्तै खेल्मा उत्कृष्ट प्रदशन गरेका आकास बेल्बासे म्यान अफ म्याच बने । खेलमा प्रथम हुनेले नगद ३० हजार शिल मेडल प्रमाणपत्र, दोस्रो हुनेले २० हजार शिल मेडल प्रमाणपत्र तथा तेस्रो हुनेले १० हजार शिल मेडल प्रमाण पत्र प्राप्त गरेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...