Archives


जुवाको खालबाट १२ जना पक्राउ

कात्तिक १०

दाङमा जुवा खेल्दै गरेको अवस्थामा बाह्र जना पक्राउ परेका छन् ।

शनिबार राती घोराही उपमहानगरपालिका (८, बेलुवाका सन्तोष कोरीको घरमा जुवा खेलिरहेको अवस्थामा बाह्र जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो ।

प्रक्राउ परेकाको साथबाट ३५ हजार, ६ सय ३० रुपैयाँ नगद बरामद भएको प्रहरी उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...