बाणगंगा मा.वि मा १११ औं लक्ष्मी जयन्ती समारोह सम्पन्न

छत्रमणी पाण्डे कात्तिक १०

बाणगंगा साहित्यिक प्रतिष्ठान कपिलवस्तुको आयोजनामा बाणगंगा नगरपालिका वडा नं. ८ स्थित बाणगंगा मावि लौगाइमा १ सय ११औं लक्ष्मी जयन्ती समारोह तथा रचना वाचन कार्यक्रम आज सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष नित्यानन्द पाण्डेको अध्यक्षतामा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश धनिश्वर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

चुरामणी पौडेलको सञ्चालन तथा देवका भण्डारीको स्वागत मन्तव्यमा सम्पनन्न भएको कार्यक्रममा आत्मराम आचार्य, विशाल पोख्रेल, पुनारा्म गिरी,रामचन्द्र पौडेल, कृष्णप्रसाद पौडेल लगायतले कविता वाचन गरेका थिए । कार्यक्रममा कृष्णप्रसाद पाण्डे, सूर्यप्रसाद भुसाल, चतुरभुज पाण्डे, गुणनिधी भुसाल र कुलराजपौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी धनिश्वर पौडेलले साहित्य भनेको भाषालाई समृद्ध बनाउने प्रमुखश्रोत भएको भन्दै लक्ष्मीप्रसाद देवकोटाले भाषालाई समृद्ध बनाउने काममा धेरै ठूलो योगदान गरेको उल्लेख गर्नुभयो ।

उहाँमन्त्री हुदा भाषालाई समृद्ध बनाउन राजनैतिक तवरले पनि लाग्नुभएको र साहित्यिक प्रतिष्ठान नेपालको ठूलो साहित्यिक प्रतिष्ठानका रुपमा विकसित होस भन्ने शुभकामना पनि दिनुभएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...