चौवाहमा जारी टोलस्तरीय फुटबलको उपधि युनाईटेड युथ पडरियालाई

बाणगंगा अनलाइन, भलवाड,कार्तिक ११

सिद्धार्थ गौतम युवा क्लवद्धारा आयोजित टोल स्तरीय नकआउट फुटबल प्रतियोगिताकोे उपाधि युनाइटेड युथ क्लव पडरियाले हात पारेको छ । बाणगंगा ९ चौवाहमा जारी नकआउट फुटललबो उपाधि कब्जा गर्ने क्रममा युनाईटेडले आयोजक समूह सिद्धार्थ युावा क्लब चौवाहलाई ६–० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

सम्पन्न प्रतियोगितामा उत्कृष्ट गोल किपरमा सुन्दर घिमिरे,उत्कृष्ट खेलाडी प्रदिप पुन मगर, उत्कृष्ट डिफेण्डरमा शुशिल पाण्डे र सबैभन्दा बढि गोल प्रहार गर्ने गोलकर्तालाई समेत पुरस्कृत गरिएको छ । जारी खेलमा १२ टीमको सहभागिता रहेको छ । खेल आज विशेष साँस्कृतिक कार्यकमका साथ समापन भएको आयोजकले जनाएको छ । हाम्रा भलवाड सहकर्मी बाबुराम रायमाझिले खबर पठाउनु भएको छ ।बाणगंगा अनलाइन

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...